बिहीबार, असार ३२, २०८३

पहिरोले कर्णाली राजमार्ग अबरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत - सोमबार बिहानदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ। कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो। 

सडक अबरुद्ध हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन्। पहिरो पन्छाउने प्रयासजारी रहेपनि पहिरो आउनेक्रम नरोकिएकाले अबरुद्ध सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर श्रवणकुमार महत्तराले जानकारी दिए। 

‘सडक खुलाउनका लागि प्रासजारी राखेका छौँ’ महत्तराले भने ‘निरन्तर पहिरो आएका कारण काम गर्न गाह्रो भएको छ।’ उनले थपे ‘हामी तीन महिनादेखि सडकमै छौँ, हिजो आएको पहिरो विहान पन्छायौं फेरि दुइ घण्टापछि पहिरो आयो।’ कर्णाली राजमार्गमा दिनदिनै आउने पहिरोका कारण जेठदेखिनै एउटा स्काइभेटर र जेसीबी आधादर्जन कर्मचारी सडकमै बस्दै आएको महत्तराले जानकारी दिए। 

यता सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर दिपेन्द्र विष्टले पहिरो पन्छाउनका जेसीबी र लोडर गगनेतर्फ लागेको जानकारी दिए। विष्टले भने ‘गगनखोलाको साइड हाम्रो जिम्मामा पर्दैन तर विपतको समयमा हामी सहकार्य गरेर काम गर्छौं।’ सडक अबरुद्ध हुँदा जुम्लातर्फ जाने र सुर्खेततिर आउने यात्रु एक घण्टाको पैदल हिडेर यात्रा गर्न बाध्य भएका छन्। 

गगने खोलाको भिरबाट बर्सेनी पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ । यो वर्षको सुरुवातमै त्यसै ठाउँमा पहिरो जाँदा अहिलेसम्म ८ पटक भन्दा बढी सडक अवरुद्ध भएको छ। 

यता जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी बिनोद शर्माले कर्णाली राजमार्गको दहिखोला र एसमोडको बीचमा पर्ने गगने खोलामा ठुलो पहिरो खस्दा जतिबेला पनि उद्धारामा खटिदै आएको जानकारी दिए। 

‘गगने खोलामा निकै ठुलो चट्टानबाट पहिरो खसिरहन्छ।’ शर्माले भने ‘छिनमा रोकिन्छ पहिरो सडक बिभागको डोजरले पंछाएर सडक खुल्छ, छिनमै बर्षा हुँँदा पुन पहिरो खस्छ र सडक अबरुद्ध हुन्छ।’

साघुरो रोडका कारण कर्णाली राजमार्गको कालेखोला, सेरीघाट, झाम्ला मोड, सुनार खोला, छेडा, सिम्लेगाड, पिली, राचुली लगायतका ठाँउहरुमा पनि स-साना पहिरो खसेका अस्दा पनि सडक अबरुद्ध हुने गरेको छ। वर्षायाममा आउने पहिरोका कारण कर्णाली राजमार्गमा यात्रुहरुले वर्षाैदेखि सास्ती भोग्दै आएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।