बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको फोहोर उठाउने विषयमा फेरि भयो १८ बुँदे सहमति

काठमाडौंको फोहोर उठाउने विषयमा फेरि भयो १८ बुँदे सहमति

उपत्यको फोहोर व्यवस्थापनका लागि फेरि १८ बुँदे सहमित भएको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- उपत्यको फोहोर व्यवस्थापनका लागि फेरि १८ बुँदे सहमित भएको छ। यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि काठमाडौं महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति सहमति भएको हो।

National life

सहमतिअनुसार अब रातिको समयमा मात्रै फोहोर फाल्न पाइने छ। सहमतिपत्रमा सरकार र महानगरले गर्नुपर्ने काम समय निर्धारण गरेर उल्लेख गरिएको छ।

समझदारी पत्रमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौड्यालले हस्ताक्षर गरेका छन्।

स्थानीयको तर्फबाट ककनी गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष पदबहादुर श्रेष्ठ, २ का अध्यक्ष तिलकबहादुर लामा र धादिङ धुनिबेसी नगरपालिका १ का अध्यक्ष श्रीमानबहादुर तामाङ र २ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन्।



Shivam cement

प्रकाशित: Jun 10, 2022| 06:27 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।