शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचनको दिन सिलिण्डर पड्काएर आतंक मञ्चाएको ४ आरोपी पूर्पक्षका लागि थुनामा

निर्वाचनको दिन सिलिण्डर पड्काएर आतंक मञ्चाएको ४ आरोपी पूर्पक्षका लागि थुनामा

स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते काठमाडौंको बानेश्वरमा सिलिण्डर पड्काएर आतंक मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका छन्।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते काठमाडौंको बानेश्वरमा सिलिण्डर पड्काएर आतंक मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका छन्। उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेश भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार एक सूचना जारी गरी जनाएको छ। 

नयाँ बानेश्वरस्थिगत सडकमा विष्फोट गराएर फरार रहेका उनीहरुको खोजतलासका लागि प्रहरीले विशेष अपरेशन सञ्चालन गरेको थियो। उनीहरुको पहिचान गर्न प्रहरीले अनुसन्धानका विविध विधि तथा प्रविधिहरुको प्रयोग गरेको थियो। यसरी थुनामा जानेमा गोरखा घर भई हाल काठमाडौं बस्ने हरिकृष्ण थापा, काभ्रे घर भई ललितपुर बस्ने करण श्रेष्ठ, भोजपुर घर भई भक्तपुर बस्ने युवराज थापा र खोटाङका भरतकुमार राई रहेका छन्। 

अभियुक्त राई यसअघि विभिन्‍न समयमा हातहतियार खरखजना, बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कारवाही गरिएका व्यक्ति हुन्। अनुसन्धानमा उनी मिडियाको आवरणमा जनताको सुसूचित हुन पाउने अधिकारलाई समेत तोडमरोड गर्दै आतङ्क मच्चाएर आर्थिक उपार्जन गर्ने उद्देश्य राखेको खुल्न आएको छ।

प्रकाशित: Jun 09, 2022| 22:50 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।