आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेट

Siddartha premir insuranceSiddartha premir insurance

मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वको टोलीबीच मुख्यमन्त्री कार्यालयमा आज औपचारिक भेट भएको छ।
 |  बिहीबार, जेठ २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वको टोलीबीच मुख्यमन्त्री कार्यालयमा आज औपचारिक भेट भएको छ। 

triton college

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एशिया प्यासिफिक रिजनल ब्युरो डाइरेक्टरसमेत रहनुभएकी कान्नीसँगको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश देशको पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रको समग्र विकासमा सहकार्य गर्ने इच्छा व्यक्त गरे।

'सङ्घीयताको सुदृढीकरण, सेवा प्रवाहको प्रभावकारिता, जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन र अनुभवको आदानप्रदानमा यहाँहरूको सहयोगको अपेक्षा मैले गरेको छु,' उनले भने। गण्डकी प्रदेश सरकारले युएनडिपीसँगको सहकार्यमा ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालन गर्न नेपाल सरकारले स्वीकृति दिएको जानकारी गराउँदै उहाँले युएनडिपीको कार्यालय पोखरामा खोल्न आग्रह गरे।

सहायक महासचिव विंगाराजाले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए। ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालनका लागि नेपाल सरकारले अनुमति दिएकामा उहाँले खुसी व्यक्त गरे।

उनले भने, 'साझा समस्या समाधान गर्न साझा प्रयत्न जरुरी छ। गरिबी, भोकमरी अन्त्यका लागि दिगो विकासका लक्ष्य हासिल गर्न सबैले सँगै यात्रा गर्नुपर्छ।'

Metro Mart
vianet

मुख्यमन्त्री पोखरेलले सुशासनको प्रत्याभूति, सङ्घीयताको सुदृढीकरण र विकासका कार्यमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताउँदै भने, 'हामी अहिले कोभिडले थला पारेको सामाजिक तथा आर्थिक अवस्थालाई पुनरुत्थान गर्न अग्रसर छौँ। विषम परिस्थिति पार गर्दै गर्दा स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढङ्गबाट सम्बोधन गर्नका लागि आवश्यक तयारी थालिसकेका छौँ।'

पर्यटन, उद्योग, कृषि आदिको पुनरुत्थानका लागि गण्डकी सरकारले काम आरम्भ गरिसकेको उनले बताए। दिगो विकास लक्ष्यलाई आन्तरिकीकरण गरी कार्यान्वयनमा लैजानुका साथै दिगो विकास लक्ष्य हासिल गर्न नसकिने हुँदा यसको स्थानीयकरणको कार्य थालेको उनले बताए। 

मुख्यमन्त्री पोखरेलले मित्रराष्ट्र फ्रान्सले दशकौँदेखि नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगका लागि राजदूतमार्फत् फ्रान्स सरकार र फ्रान्सेली जनताप्रति हार्दिक आभार व्यक्त गरे।

यसैगरी नेपालले विकासका विविध आयाम र प्रविधिमा दक्षिण कोरियाबाट सहयोग पाउनुका अतिरिक्त नेपाली श्रमिकले त्यहाँ सेवा गर्ने अवसर पाएको मुख्यमन्त्रीले बताए। गण्डकी विश्वविद्यालय र गण्डकी प्रदेश प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले कोइकासमक्ष राखेको प्रस्तावबारे उनले स्मरण गराए। 

इसिमोडले गरेको अनुसन्धान नेपालका लागि उपयोगी हुँदै आएको भन्दै मुख्यमन्त्री पोखरेलले पर्वतमालाको संरक्षण र वातावरण संरक्षणमा इसिमोडले खेलेको भूमिकाको प्रशंसा गरे। 

मुख्यमन्त्री पोखरेल, सहायक महासचिव विंगाराजासहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा वृक्षरोपण गरेको छ। 

प्रकाशित: Jun 09, 2022| 22:25 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।