बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘मनसुन पूर्वतयारी प्रतिकार्य योजना अद्यावधिक कार्यशाला'

‘मनसुन पूर्वतयारी प्रतिकार्य योजना अद्यावधिक कार्यशाला'

आन्तरिक मामिला मन्त्रालयको आयोजना तथा यूएनडीपी, डब्लूएफपी तथा भकारी सुपरपरियोजनाको सहयोगमा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘मनसुन पूर्वतयारी प्रतिकार्य योजना अद्यावधिक कार्यशाला’मा सचिव भुसालले यहाँको भौगोलिक विशिष्टतालाई ध्यानमा राखेर प्रतिकार्य योजना निर्माण गरिने बताए।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

सुर्खेत- कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले यहाँका जोखिमयुक्त क्षेत्रको पहिचानका लागि बृहत् छलफल गरिने बताएका छन्।

National life

आन्तरिक मामिला मन्त्रालयको आयोजना तथा यूएनडीपी, डब्लूएफपी तथा भकारी सुपरपरियोजनाको सहयोगमा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘मनसुन पूर्वतयारी प्रतिकार्य योजना अद्यावधिक कार्यशाला’मा सचिव भुसालले यहाँको भौगोलिक विशिष्टतालाई ध्यानमा राखेर प्रतिकार्य योजना निर्माण गरिने बताए।

उनले कर्णालीको भिरालो जमिन, खोला किनारमा रहेका जोखिमयुक्त बस्तीको पहिचानका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयात्मक प्रयास आवश्यक रहेको जनाए। विपद्सँग लड्ने काम समन्वयात्मक काम भएको जनाउँदै उनले त्यसका लागि हाम्रो क्षमता, सामर्थ्य, जनशक्ति र स्रोतको अध्ययन गरी पूर्वसूचनाका आधारमा विपद् रोक्ने प्रतिकार्यका कामलाई अद्यावधिक गरिरहेको बताए। 

'संघीय सरकारको आयोजनामा यही २७ र २८ गते कर्णालीका ७९ स्थानीय तहका प्रमुख-उपप्रमुख अध्यक्ष-उपाध्यक्षलाई अभिमुखीकरण हुँदैछ,' सचिव भुसालले भने, 'उक्त कार्यक्रममा विपद् प्रतिकार्यका लागि जोखिमयुक्त स्थान पहिचान र तिनको व्यवस्थापन कसरी गर्ने भन्नेबारे बृहत् छलफलबाट निस्कने निर्णयका आधारमा योजना बनाएर अगाडि बढ्छौं।'

कार्यशालामा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट विनोद पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै यही जेठ १८ देखि असोज १४ गतेसम्म मनसुनको अवधि भएको बताए। कर्णालीका उच्च हिमाली र पहाडी क्षेत्रमा यो वर्ष औसतभन्दा बढी वर्षा हुने भएकाले नागरिकले सतर्क हुनुपर्ने र सरकारले पूर्वतयारीका लागि प्रतिकार्य योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

Shivam cement

यूएनडीपीका सुपरपरियोजनाका परामर्शदाता भेष पराजुलीले मनसुनको अवधिमा कर्णालीमा बाढी, पहिरो, वर्षा र चट््याङको विपद्ले धनजनको ठूलो क्षति हुने गरेको कार्यपत्र प्रस्तुत गरे। उनले यो समयको विपद्ले कर्णालीका ५५ हजार जनसङ्ख्या प्रभावित हुने भन्दै मनसुनजन्य प्रतिकार्यको योजना निर्माणमा केन्द्रित हुन सरोकारवालालाई अनुरोध गरे।

प्रकाशित: Jun 09, 2022| 22:00 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।