बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमानस्थलको भीआईपी/भीभीआईपी कक्ष कलाकारले पनि प्रयोग गर्न पाउने

विमानस्थलको भीआईपी/भीभीआईपी कक्ष कलाकारले पनि प्रयोग गर्न पाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त कलाकारहरूलाई विदेश जाँदा र फर्कंदा विमानस्थलको अति विशिष्ट तथा विशिष्ट कक्षमा प्रवेशको व्यवस्था मिलाउने भएको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त कलाकारहरूलाई विदेश जाँदा र फर्कंदा विमानस्थलको अति विशिष्ट तथा विशिष्ट कक्षमा प्रवेशको व्यवस्था मिलाउने भएको छ। 

National life

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। ०७७ चैत १ गतेको चलचित्र विकास बोर्डको पत्राचारलाई कार्यान्वयन गर्दै विशिष्ट कक्षको व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँग भेटी अभिनेता शिव श्रेष्ठले बोर्डले गरेको पत्राचारलाई कार्यान्वयन गर्न अनुरोध गरेका थिए।  बोर्डले यसअघि ४४ जना फिल्मकर्मीलाई विशिष्ट चलचित्रकर्मीको लाइसेन्स बाँडेको छ भने थप ६० जनालाई बाँड्ने तयारी गरिरहेको छ।


प्रकाशित: Jun 09, 2022| 15:24 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।