शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बञ्चरेमा अझै आन्दोलन, संघर्ष समिति संयोजक ढुंगाना रिहा

बञ्चरेमा अझै आन्दोलन, संघर्ष समिति संयोजक ढुंगाना रिहा

काठमाडौंको फालिने स्थान बञ्चरेडाँडाका स्थानीय अझै पनि आन्दोलनमा नै रहेका छन्। उपत्यकाको फोहोर लिएका गएका ट्रक फर्किएपछि आन्दोलन मत्थर हुने अपेक्षा गरिएपनि त्यसविपरीत स्थानीयले आन्दोलन जारी राखेका हुन्।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- काठमाडौंको फालिने स्थान बञ्चरेडाँडाका स्थानीय अझै पनि आन्दोलनमा नै रहेका छन्। उपत्यकाको फोहोर लिएका गएका ट्रक फर्किएपछि आन्दोलन मत्थर हुने अपेक्षा गरिएपनि त्यसविपरीत स्थानीयले आन्दोलन जारी राखेका हुन्। 

बुधबार प्रहरीले धरपकड र अश्रुग्याससहितको बल प्रयोग गरी काठमाडौंको फोहोर विसर्जन गर्ने प्रयास गरेको थियो। तर स्थानीयको आन्दोलन दबाउन नसकेपछि फोहोरका डेढ सय ट्रक काठमाडौं नै फर्काइएको थियो। 

धुनिवेशी नगरपालिका वडा १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार स्थानीयको मागका विषयमा थप छलफल भएको छैन। काठमाडौं महानगरमा पुनःबैठक बस्ने तयारी भइरहेको जानकारी आएको उनले बताए। 

बुधबारदेखि ककनी प्रहरीको नियन्त्रणमा रहेका संघर्ष समितिमा संयोजक श्रीराम ढुङ्गानासहित तीन जनालाई भने प्रहरीले बिहीबार दिउँसो रिहा गरेको छ। 

'हामीलाई प्रधानमन्त्रीले छलफलमा बोलाउने प्रहरीले सुनाएको छ। तर यसबारे आधिकारिक रूपमा जानकारी आएको छैन,’ संयोजक ढुङ्गानाले नेपाल समयसँग भने। 

प्रकाशित: Jun 09, 2022| 15:24 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।