काठमाडौं– कलाकार राजेश हमालले विद्यार्थीलाई दश वटा ट्याब वितरण गरेका छन्। बुधबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ज्यामिरेको पन्चकन्या आधारभूत विद्यालय र शर्भासुधा आधारभूत विद्यालयका विद्यार्थीलाई उनले ५–५ वटा ट्याब दिएका हुन्।
अमेरिका निवासी प्रकुल न्यौपानेको सहयोगमा दुई विद्यालयका लागि ५–५ वटा ट्याब वितरण गरिएको थियो। १६ वर्षीय प्रकुलले ट्याबमा विद्यार्थी सिकाउने नयाँ प्रविधिको प्रयोग गर्दै अनलाइन कोर्सको डिजाइन गरेका थिए ।
ट्याब हस्तान्तरण कार्यक्रमा हमालले विद्यार्थीलाई ट्याबको सही सदुपयोग गराउन शिक्षकहरुलाई आग्रह गरेका थिए। उनले समाजलाई दिशा निर्देशन गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले विद्यार्थीहरुलाई शिक्षा जोड दिन समेत आग्रह गरे।