शनिबार, मंसिर ६, २०८२

विश्वकप लिग २ मा आज नेपालले ओमनको सामना गर्दै

बिहीबार राति सुरु हुने खेलमा नेपालले लिग २ तालिकाको शीर्षस्थानमा रहेको ओमनको सामना गर्न लागेको हो।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- अमेरिकामा बुधबारबाट सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, अमेरिका र ओमन सम्मिलित त्रिकोणात्मक सिरिजमा आज नेपालले पहिलो खेल खेल्दैछ। अमेरिकामा आयोजना भएको सिरिजमा नेपालले पहिलो खेलमा ओमनको सामना गर्न लागेको हो।

National life

बिहीबार राति सुरु हुने खेलमा नेपालले लिग २ तालिकाको शीर्षस्थानमा रहेको ओमनको सामना गर्न लागेको हो।

आफ्नो अन्तिम सिरिज रहेको ओमन सबै खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिए पनि उसले पहिलो खेलमा भने हार बेहोरिसकेको छ।

ओमनले अहिलेम्म ३३ खेलबाट ४० अंक जोडिसकेको छ। सिरिजमा पहिलो खेलमा हार बेहोरे पनि नेपालविरुद्ध जितको लक्ष्यका साथ ओमन मैदानमा उत्रँदै छ। यता नेपाललाई पनि यो सिरिजमा जितको आवश्यक्ता रहेको छ।

किनभने नेपाल अहिलेसम्म १२ खेलबाट १२ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। अमेरिका तालिकामा चौथौ स्थानमा छ। स्थानका हिसाबले हेर्ने हो भने जारी सिरिजमा नेपाल सबैभन्दा कमजोर टिम हो।

Laxmi sunrise bank
kumari

तर नेपालले १२ खेल खेलेको छ भने अमेरिकाले २१ खेलमा सहभागीता जनाइसकेको छ। अमेरिकाको २१ अंक छ।

लिग २ को जारी सिरिजका सबै खेलमा नेपाले जित निकाल्न सके नेपाल चौथो स्थानमा पुग्न सक्नेछ। अहिले चौथो स्थानमा युनाइटेड अरब इमिरेट्स रहेको छ।

प्रकाशित: Jun 09, 2022| 11:42 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।