शनिबार, मंसिर ६, २०८२

मलेसियाविरुद्ध नेपालको सान्त्वना जित

एसियाली छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले हराएको हो।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- आईसीसी यू-१९ महिला टी-२० विश्वकपको एसियाली छनोटमा नेपालले सान्त्वना जित निकालेको छ। एसियाली छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले हराएको हो।

National life

एक खेल अगावै विश्वकपबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा मलेसियालाई हराएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपाललेले पुरा ओभर खेल्दै सात विकेट गुमाएर ८६ रन बनाएको थियो।

जवाफमा मलेसियाले २० ओभरमा चार विकेट गुमाएर ६१ रन मात्र बनाएको हो। नेपालका लागि ओपनर अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाइन् भने आश्मा पुलामी मगरले २६ रनको योगदान दिइन्।

त्यसक्रममा मलेसियाका नुर डानिय स्युहादा समले दुई विकेट लिएकी थिइन्। दोस्रो पारीमा मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन बनाइन्। उनी बाहेक कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कसिलो बलिङ गरेको नेपालका तर्फबाट कृतिका मरासिनीले दुई र मनिषा कुमारी उपाध्यायले एक विकेट लिइन्। कृतिकाले चार ओभर बलिङ गरेर छ रन मात्र खर्चिइन्।

Laxmi sunrise bank
kumari

नेपालले छनोटका दौरान थाइल्यान्ड र यूएईसँग हार बेहोरेको हो भने मलेसिया, भुटान र कतारलाई हराएको थियो। यससँगै नेपाल प्रतियोगिताको तेस्रो स्थानमा रह्यो।

यससँगै विश्वकप पुग्ने सपना लिएर मलेसिया पुगेको टिमको सपना सकाकार हुन सकेन। यद्यपी लामो समयपछि नेपाली टिमले यू-१९ को अन्तर्राष्ट्रिय खेल भने खेलेको छ।

सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने विश्वकपमा १६ टिमको सहभागिता रहनेछ भने कूल ४१ खेल हुनेछन्। यसअघि यो प्रतियोगिता सन् २०२१ मा आयोजना हुने तय थियो। तर कोभिड-१९ को महामारीका कारण दुई वर्ष पछि धकेलिएको हो।

यो विश्वकप आईसीसीले पहिलो पटक आयोजना गरेको हो। तर नेपाल ऐतिहासिक विश्वकप खेल्नबाट बञ्चित भएको छ। नेपालले महिलातर्फ विश्वकप खेलेको छैन। तर पुरुषतर्फ सिनियरको एकपटक विश्वकप खेलेको छ भने यू-१९ तर्फ सात पकट विश्वकप खेलिसकेको छ।

प्रकाशित: Jun 09, 2022| 11:16 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।