शनिबार, साउन २३, २०८३

ट्रकले ठक्कर दिँदा धादिङमा पैदलयात्रीको मृत्यु

धादिङको धुनिबेशी नगरपालिका-६ चालिसेमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काडमाडौं- धादिङको धुनिबेशी नगरपालिका-६ चालिसेमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको मृत्यु भएको हो ।

पैदल हिंडीरहेकी उनलाई काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना८ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 09, 2022| 10:54 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।