शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • गर्मी रापमा कैलाली र कञ्चनपुरवासी, विद्यार्थीलाई पढ्नै समस्या

गर्मी रापमा कैलाली र कञ्चनपुरवासी, विद्यार्थीलाई पढ्नै समस्या

कैलाली र कञ्चनपुरलगायत तराईंका जिल्लामा अत्याधिक गर्मी बढ्दो छ। गर्भी बढेसँगै जनजीवन प्रभावित बनेको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

धनगढी- कैलाली र कञ्चनपुरलगायत तराईंका जिल्लामा अत्याधिक गर्मी बढ्दो छ। गर्भी बढेसँगै जनजीवन प्रभावित बनेको छ। 

National life

अत्याधिक गर्मी हुँदा कैलाली, कञ्चनपुर, डोटीको दिपायल र अछामको साँफेबगर क्षेत्रको जनजीवन प्रभावित बनेको हो। मनसुनको सुरुवात भइसक्दा पनि पानी नपर्दा यहाँको जनजीवन कष्टकर बनेको स्थानीय बताउँछन्। बालबालिका र ज्येष्ठ नागरिक अत्याधिक गर्मीको सबैभन्दा बढी मारमा परेका छन्। 

समयमा पानी नपर्दा र अत्याधिक गर्मीले विद्यार्थीहरूसमेत निकै मारमा परेका छन्। कैलालीको अत्तरियास्थित किड्स जोन इंलिस स्कुलका प्रिन्सिपल मदन जोशीले अत्याधिक गर्मीका कारणकक्षा कोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको बताए। अत्याधिक गर्मीले विद्यार्थी पढाउने बेलामा कापी किताब समातेर हम्कने गर्दा उनीहरूको ध्यान पढाइमा केन्द्रित गर्न समस्या भइरहेको उनी बताउँछन्।

अत्याधिक गर्मी त्यसैमा विद्युत आउने जाने समस्याले विद्यार्थीले झनै आफूहरूमा मारमा परेको उनले बताए। अत्याधिक गर्मीले विद्यार्थीको छालामा समस्या पनि देखिएको उनी बताउँछन् । गर्मीले विद्यार्थीको शरिरमा घमौरा, बिमिरा देखिन थालेको जोशीको भनाइ छ। घमौराले गर्दा शरीर चिलाउने गर्नाले उनीहरूको पढाइका बेला ध्यान केन्द्रित हुन नसकेको उनले बताए।

'विद्यार्थीहरूलाई पढाउनै पर्छ। तर, उनीहरूले गर्मीका कारण सास्ति खेपिरहेका छन्। प्रत्येक कक्षा कोठामा पंखाको व्यवस्था भए पनि विद्युत आउने जाने समस्याका कारण झनै गाह्रो हुनेगरेको छ,' उनले भने। विद्यार्थी मात्र होइन अभिभावकलाई पनि गर्मीमा कसरी नानीबाबुलाई विवद्यालय पुगाउने भन्ने समस्या हुने गरेको छ।

Laxmi sunrise bank
kumari

धनगढी-५ तारानगरका हेम मिश्र गर्मीका कारण बाबुलाई स्कुल पुगाउनै गाह्रो हुने गरेको बताउँछन्। 'बाहिर निस्कियोकी आगोले पोले झैँ हुन्छ। बिहान विद्यालय लैजान त सजिलै हुन्छ। कमै गर्भी हुन्छ। तर, दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चाहरू गर्मीले रातोपिरो हुन्छन्। खलखल्ती पसिना बग्छ,' मिश्रले भने। गर्मीका कारण नानीबाबुहरु सुत्न नसक्ने र घरीघरी पानी पिउन खोज्ने गरेको पनि उनले बताए।

अत्याधिक गर्मी बढेपछि आजबाट जेठ ३१ गतेसम्मका लागि कैलालीको गोदावरी नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयलाई गर्मी बिदा दिएको छ। अत्याधिक गर्मीले विद्यार्थीहरूलाई समस्या हुन थालेपछि नगरपालिका भित्रका सबै विद्यालयलाई बिदा दिने निर्णय गरिएको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले बताए।

यस्तै अत्याधिक गर्मीका कारण विद्यार्थी विद्यालयमा बेहोस हुन थालेको भन्दै कञ्चनपुरका स्थानीय तहले विद्यालय बन्द गराएका छन्। अत्याधिक गर्मी बढ्न थालेको भन्दै भीमदत्त नगरपालिकाले जेठ २३ गतेदेखि २७ गतेसम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो। 

बेदकोट र बेलडाँडाी गाउँपालिकाले पनि विद्यालय बन्द गराएका छन्। यस्तै अत्याधिक गर्मीका कारण भन्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पनि दुई दिन बिदा दिने निर्णय गरेको छ।

हावापानी कार्यालय अत्तरियाको रेकर्ड अनुसार गत वैशाख १३ गतेका दिन अहिलेसम्मकै बढी ४० दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। पछिल्ला दिनहरुमा ४० डिग्री सेल्सियस आसपास तापक्रम पुगेको देखिएको छ। 

मंगलबार धनगढीको ३९ दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन भएको रेकर्ड छ भने बुधबार (आज) ३९ दशमलव ५ डिग्री सेल्सियस तापक्रम रहेको तथ्याङ्कले देखाएको छ। हावापानी कार्यालयको यो तथ्याङ्क हेर्दा सुदूर तराईमा गर्मीको मात्रा अत्याधिक रहेको मौसमविद्हरु बताउँछन्।

प्रकाशित: Jun 09, 2022| 09:45 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।