शनिबार, मंसिर ६, २०८२

छनोटको पहिलो खेलमा जोर्डनसँग नेपाल पराजित

कुवेतमा बुधबार राति सम्पन्न भएको खेलमा नेपालले जोर्डनसँग हार बेहोरेको हो।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- एएफसी एसियन कपअन्तर्गत तेस्रो चरणको छनोटमा जोर्डनसँग नेपाल २-० ले पराजित भएको छ। कुवेतमा बुधबार राति सम्पन्न भएको खेलमा नेपालले जोर्डनसँग हार बेहोरेको हो।

National life

नेपाली टिमका सिनियर खेलाडीलाई बाहिर राख्दै मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एसियन कप छनोटमा नयाँ खेलाडी लिएका थिए।

गएरातिको खेलमा नेपालविरुद्ध जोर्डनका अलि ओलवन र हम्जा अल डार्डउरले गोल गरेका थिए। खेलको पहिलो हाफ बराबरी भएपछि अलीले खेलको ६८औं मिनेटमा जोर्डनलाई अग्रता दिलाएका थिए।

त्यस्तै, पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै डार्डउरले खेलको ८२औं मिनेटमा गोल गरेका थिए। नेपालले यसअघि पनि जोर्डनसँग चार पटक खेलिसकेको छ। तर नेपाली टिमले जोर्डनविरुद्ध जित निकाल्न सकेको छैन।

यसँगै जोर्डनले समूहमामा तीन अंक जोडेको छ। समूह एअन्तर्गतको अर्को खेलमा भने इन्डोनेसियाले कुवेतलाई हराएको छ। घरेलु मैदानमा कुवेतले हार बेहोरेको हो। उक्त खेलमा कुवेतले इन्डोनेसियासँग २-१ को हार बेहोरेको हो।  अब नेपालले दोस्रो खेल कुवेतसँग आउँदा शनिबार राति खेल्नेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 09, 2022| 08:54 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।