बिहीबार, असार ४, २०८३

मेलम्चीमा बुधबार रातिको वर्षाले फट्टेको पुल बगायो

गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचना बगाउन थालेको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

सिन्धुपाल्चोक- वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र पुन: प्रभावित हुन थालेको छ। गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचना बगाउन थालेको छ। 

National life

मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुल गएरातिको वर्षाले बगाएको छ। अहिले उक्त पुलको अवस्थाबारे जानकारी लिन मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङसहितको टोली त्यसतर्फ गइरहेको छ। 

मेयर तामाङका अनुसार यो वर्षपनि गतवर्षजस्तो अवस्था यहाँका स्थानीयले भोग्न नपरोस् भनेर काम भइरहेको छ। यद्यपि मनसुन सक्रिय भइसकेका कारणले व्यवस्थित पुल तथा संरचना निर्माण भने असहज रहेको उनले बताए। 

'हामी हेर्न जाँदैछौं, फट्टेको अस्थायी पुलचाहिँ जोखिमपूर्ण छ भन्ने खबर आएको छ,' उनले भने, 'मेलम्ची तल्लो बजारको चाँही अहिले चल्न सक्छ। फट्टेको पुल केहीदिन चल्नसक्ने गरी हामी मर्मत गर्नेछौं।'

गतवर्ष मेलम्चीमा लेदोसहित आएको बाढीका कारण सयौं घरपरिवार विस्थापित भएका थिए। विज्ञहरुले मेलम्चीको जोखिम अझै रहेको निश्कर्ष निकालेका थिए। 

Shivam cement

गतवर्षको बाढी प्रत्यक्ष भोगेका त्यहाँका स्थानीयहरु यो वर्ष मनसुन सक्रिय भएसँगै आत्तिएका छन्। उनीहरुको व्यवस्थापन हुनेगरी प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अघि बढ्ने मेलम्चीका मेयर तामाङले बताए।

१ असार र १६ साउनमा आएको बाढीका कारण मेलम्ची नदीमा वितण्डा मच्चिएको थियो। भूगर्वविदसहितको प्राविधिक टोलीले २२ साउदेखि ४ दिन भेमाथाङ्गमा बसेर त्यहाँको स्थलगत अनुगमन गरेका थिए।

प्रकाशित: Jun 09, 2022| 08:23 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।