शनिबार, साउन २३, २०८३

सेफ्टी ट्यांकीमा खसेर दुईको मृत्यु

भरतपुर महानगरपालिका–१९ तमु टोलमा बुधबार साँझ सेफ्टी ट्यांकीमा खसेर दुई जनाको मृत्यु भएको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

भरतपुर- भरतपुर महानगरपालिका–१९ तमु टोलमा बुधबार साँझ सेफ्टी ट्यांकीमा खसेर दुई जनाको मृत्यु भएको छ। स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी रहेका छन्। 

सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्यांकीमा खसेपछि उद्धार गर्न ट्यांकीभित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि ट्यांकीमा पसेर मृत्यु भएको हो। उनीहरू लामो समयदेखि चितवन र आसपासका क्षेत्रमा ट्यांकी सरसफाइ गर्ने काम गर्दै आएका थिए।

प्रकाशित: Jun 09, 2022| 06:44 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।