शनिबार, साउन २३, २०८३

काठमाडौंमा वर्षा जारी, कस्तो रहला देशभरको मौसम?

देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ। हाल काठमाडौं उपत्यका सहित देशका केही भागमा वर्षा भइरहेको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ। हाल काठमाडौं उपत्यका सहित देशका केही भागमा वर्षा भइरहेको छ।

प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानमा वर्षा हुनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

विभागका अनुसार आज राति प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: Jun 09, 2022| 06:20 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।