बिहीबार, असार ३२, २०८३

पिएसजिको जितका लागि नेयमारको पहिलो गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फ्रान्स- पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा विजयी शुरुवात गरेको छ। काइनमाथि ३-० को सहज जित निकाल्दै पिएसजीले विजयी शुरुवात गरेको हो।

पिएसजीलाई सहज जित दिलाउन ब्राजिलीयन स्टार नेयमार, एड्रियन राबिओट र टिमोथी वेहले गोल गरे। घरेलु मैदान पार्क डि प्रिन्सेसमा पिएसजीले नेयमारको गोलबाट खेलमा अग्रता बनाएको थियो। 

१० औं मिनेटमा नेयमारले क्रिस्टोफोर एनकुन्कुको पासमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। ३५ औं मिनेटमा एड्रियन रोबिओटले एन्जलसप डि मारियाको पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो।

खेल सकिन एक मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी टिमोथी वेहले गोल गर्दै पिएसजीलाई ३-० को सहज जित दिलाए। टिमोथी ८२ औं मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए। जितसँगै पिएसजीले तीन अंक जोड्न सफल भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।