शनिबार, असार ६, २०८३

सुन्दरीजलबाट गोकर्णसम्मको बागमती किनारमा सफाइ

वातावरण संरक्षणका लागि हरित अभियान सञ्चालन गर्न, सफाइ अभियानलाई निरन्तरता दिन र प्रत्येक व्यक्तिले वर्षको कम्तीमा दुई वटा रुख रोप्नुपर्नेमा उनले जोड दिए।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- विश्वव्यापी सफाइ अभियानअन्तर्गत काठमाडौंको सुन्दरीजलदेखि गोकर्णसम्मको बागमती नदी किनारको दायाँबायाँ सफाइ गरिएको छ। विलभयु फाउन्डेसनले आयोजनामा भएको सफाइ अभियानमा बागमती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जनप्रतिनिधिले शासक नभई सेवक हौं भन्‍ने भावनाका साथ काम गर्नुपर्ने बताए।

National life

वातावरण संरक्षणका लागि हरित अभियान सञ्चालन गर्न, सफाइ अभियानलाई निरन्तरता दिन र प्रत्येक व्यक्तिले वर्षको कम्तीमा दुई वटा रुख रोप्नुपर्नेमा उनले जोड दिए। 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले घरबाट निस्कने फोहरको व्यवस्थापनका लागि यसै आर्थिक वर्षमा नगरपालिकाले प्रत्येक परिवारलाई कुहिने र नकुहिने फोहर संकलनका लागि भाँडा उपलब्ध गराउने तयारी गरिएको जानकारी दिए।

 बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले स्थानीय तहको फोहर स्थानीय सरकारले नै व्यवस्थापन गर्नुपर्ने भन्दै फोहरलाई मोहोर बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए। फाउण्डेसनका अध्यक्ष शोभाकर घिमिरेले वातावरण संरक्षणका लागि सरसफाइ र वृक्षरोपणका साथै मानवीय र विपद् व्यवस्थापनमा संस्थाले सहयोग गर्दै आएको बताए।


प्रकाशित: Jun 08, 2022| 22:15 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।