शनिबार, साउन २३, २०८३

ठगी र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंका विभिन्‍न स्थानबाट पक्राउ गरेको छ। ठगी मुद्दामा काठमाडौं धुम्बाराही बस्‍ने पाल्पा तिनाउ गाउँपालिका–३ का ४० वर्षीय जीतबहादुर गुरुङलाई आज पक्राउ गरिएको प्रहरी जनाएको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

पाल्पा-  ठगी र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंका विभिन्‍न स्थानबाट पक्राउ गरेको छ। ठगी मुद्दामा काठमाडौं धुम्बाराही बस्‍ने पाल्पा तिनाउ गाउँपालिका–३ का ४० वर्षीय जीतबहादुर गुरुङलाई आज पक्राउ गरिएको प्रहरी जनाएको छ।

ठगी मुद्दामा संलग्‍न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बसुन्धराबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देही पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसैगरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंको थानकोट बस्ने दोलखा कालिञ्चोक गाउँपालिका–१ घर भएका ३४ वर्षीय अमरबहादुर तामाङलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ।

बैंकिङ कसुरमा रु ६२ लाख ३३ हजार बिगो भई फरार रहेका उनलाई उक्त कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ माकलबारीबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ। त्यस्तै बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ जडीबुटी बस्ने धनुषा लक्ष्मीनिया गाउँपालिका–२ का ३९ वर्षीय हसन साफीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jun 08, 2022| 21:55 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।