शनिबार, मंसिर ६, २०८२

वर्ल्ड गेम्समा सहभागी हुँदै नीमा र दीपक

‘वर्ल्ड गेम्समा दक्षिण एसियाका नेपाल र भारत मात्रै छनोट भएका छन्। उसुमा भारतले एउटा कोटा पाउँदा नेपालले भने दुई वटा कोटा पाएको छ,' महासचिव लामाले भने, ‘यो हाम्रा लागि गौरवको विषय हो।’
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वर्ल्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन्। जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन्।

National life

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नीमा र दीपक आयोजकबाटै छनोट भएको नेपाल उसु महासंघले जनाएको छ। उनीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र विश्व वरीयताका आधारमा विश्व उसु महासंघ र वल्र्ड गेम्स फेडरेसनले छनोट गरेको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए। ‘वर्ल्ड  गेम्समा दक्षिण एसियाका नेपाल र भारत मात्रै छनोट भएका छन्। उसुमा भारतले एउटा कोटा पाउँदा नेपालले भने दुई वटा कोटा पाएको छ,' महासचिव लामाले भने, ‘यो हाम्रा लागि गौरवको विषय हो।’

भारतमा भएको १२औं सागमा स्वर्ण जितेकी नीमाले १४औं तथा १५औं उसु वर्ल्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाएकी थिइन्। यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा कास्य र आईडब्लूयूएफ थाउलो भर्चुअल च्याम्पियनसिप २०२१ मा रजत पदक जितेकी थिइन्। दीपकले १४औं तथा १५ औं उसु वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा सहभागी ५६ देशका खेलाडीमध्ये उनी उत्कृष्ट ९ मा परेका थिए। यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा दीपकले पनि कास्य पदक जितेका थिए। यही नतिजाका आधारमा नीमा र दीपक वर्ल्ड गेम्सका लागि छनोट भएको महासचिव लामाले बताए।

नीमा र दीपक दुवै थाउलोका खेलाडी हुन्। वर्ल्ड गेम्समा नीमाले नानकुन नानदाउ अलराउान्ड र दीपकले नानकुन नानगुन अलराउन्डमा प्रतिस्पर्धा गर्ने छन्। नीमाको समूहमा पाँच र दीपकको समूहमा सात जना खेलाडी परेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 08, 2022| 19:00 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।