बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपरथीमा बढुवा भएका बानियाँ, दवाडी र ढकाललाई दर्ज्यानी चिह्न प्रदान

उपरथीमा बढुवा भएका बानियाँ, दवाडी र ढकाललाई दर्ज्यानी चिह्न प्रदान

जंगी अड्‌डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह पाएका बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल युद्ध-मद्दती तथा युद्ध-सेवा मद्दती विभागको विभागीय प्रमुखमा नियुक्त भएका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली सेनाको उपरथी पदमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। २०७९ जेठ २३ गतेको मन्त्रिपरिषद्ले सहायक रथीबाट उपरथीमा  बढुवा भएका दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

जंगी अड्‌डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह पाएका बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल युद्ध-मद्दती तथा युद्ध-सेवा मद्दती विभागको विभागीय प्रमुखमा नियुक्त भएका छन्। 

कार्यक्रममा सहायक रथीमा पदोन्नति भएका दुई महासेनानीहरुलाई प्रधानसेनापति महारथी शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। 

प्रकाशित: Jun 08, 2022| 18:42 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।