शनिबार, मंसिर ६, २०८२

नेपाल र भारतको स्ट्यान्डिङ क्रिकेट सिरिज हुँदै

नेपाल ह्विलचेयरको आयोजनाले बिहीबारबाट नेपाली स्ट्यान्डिङ क्रिकेट टिमले भारतको स्ट्यान्डिङ क्रिकेट टिमसँग सिरिज खेल्दैछ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– नेपाल ह्विलचेयरको आयोजनाले बिहीबारबाट नेपाली स्ट्यान्डिङ क्रिकेट टिमले भारतको स्ट्यान्डिङ क्रिकेट टिमसँग सिरिज खेल्दैछ। तीन खेलको सिरिजमा नेपालले दोस्रो पटक घरेलु मैदानमै भारतको राष्ट्रिय स्ट्यान्डिङ क्रिकेट टिमको सामना गर्न लागेको हो।

National life

टी–२० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट सिरिज २०२२ नाम दिएको यो प्रतियोगितामा जेठ २७ देखि ३० गतेसम्म मूलपानी मैदानमा आयोजना हुने नेपाल ह्विलचेयर क्रिकेट संघले बुधबार जानकारी दिएको हो।

त्यसो त नेपाल स्ट्यान्डिङ क्रिकेट संघ छैन। त्यसैले नेपाली स्ट्यान्डिङ क्रिकेट टिमले ह्विलचेयर संघको माध्यमबाटै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ। र, यो पटक पनि २२ लाख खर्चमा नेपाल र भारतरले सिरिज खेल्न लागेका हुन्।

प्रतियोगिताको बारेमा जानकारी दिँदै ह्विलचेयर संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले दक्षिण एसियामा यो खेल निकै लोकप्रिय भए पनि नेपालको लागि नौलो भएको बताएका छन्। उनले भने, ‘हामीले यो खेल २०१७ बाट सुरु गरेको हो। त्यसयता केहि अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागी पनि बनिसकेका छौं।’

त्यस्तै, आउँदो प्रतियोगिताको टेक्निकल हेडसमेत रहेका रविन्द्र गुप्ताले भने यो प्रतियोगिताको आईसीसीको नियममा खेलाइने बताएका छन्। उनले भने, ‘यो खेलमा दौडन नसक्ने व्यक्तिहरुको बदलामा दौडन सक्ने अन्य खेलाडी राखिन्छ। यसबाहेक सबै आईसीसीकै नियम लागू हुन्छ।’

Laxmi sunrise bank
kumari

यसअघि नेपालले गएको चैतमा बंगलादेशमा आयोजित चार देशीय सिरिजमा भाग लिएको थियो। त्यो प्रतियोगितामा भारत दोस्रो भयो। प्रतियोगितामा नेपालसहित श्रीलंका र बंगलादेशको पनि सहभागिता थियो।

‘भारत निकै बलियो टिम हो। उविरुद्ध जितको अपेक्षा गरेका छैनौँ। उनीहरुले २० वर्षदेखि खेलिरहेका छन् भने हामीले खेल्न थालेको चार पाँच वर्ष मात्र भएको छ,’ नेपाली स्ट्यान्डिङ क्रिकेट टिमका कप्तान रामप्रसाद खरेलले भनेका छन्।

यो खेलमा नेपालले नयाँ खेलाडीलाई पनि अवसर दिएको कप्तान रामप्रसादले बताएका छन्। अहिले नेपाली टिममा आधाभन्दा धेरै नयाँ खेलाडी छन्। गएको चैतमा उनले बंगलादेशमा गरेको प्रदर्शनले सामाजिक सञ्जालमा धेरै चर्चा पाएको थियो।

त्यो भिडियोबाट प्रभावित भएर अहिले धेरै खेलाडी बाहिर आएको उनी बताउँछन्। उनले भने, ‘मैले खेलेको भिडियो भाइरल भएको थियो। त्यो भिडियोका कारण गाउँ गाउँमा रहेका साथीहरु हामीसँग जोडिएका छन्। त्यसपछि हामीले जिल्ला छनोट गर्यौं र केन्द्रीय छनोट चाहिँ डीएभी स्कुलमा गर्यौँ,’ रामले भने।

समग्र रुपमा हेर्दा नेपालको टिमले पाँचौं पटक भारतसँग खेल्न लागेको हो। तर जित निकाल्न सकेको छैन। यसअघि सन् २०१९ मा भारतको राष्ट्रिय स्ट्यान्डिङ क्रिकेट टिम नेपाल आएको थियो। सेन्ट जेभियर्सको मैदानमा नेपाल र भारतले पहिलो पटक नेपाली भूमिमा खेलेका थिए। त्यसपछि यो दोस्रो पटक हो।

तर, अहिलेसम्म स्ट्यान्डिङ क्रिकेट टिमले म्याच फि भने पाउन सकेका छैनन्। यो सिरिजको पनि बजेट थोरै भएका कारण खेलाडीलाई म्याच फि दिन नसकिएको आयोजक संघका अध्यक्ष ग्याल्जेन बताउँछन्। तर, यो प्रतियोगितामा नेपाल क्रिकेट संघ क्यानको सहयोग नरहेको पनि अध्यक्ष शेर्पाले बताएका छन्। गुप्ताले यो प्रतियोगिताका लागि एक महिनाबाट तयारी भइरहेको पनि जानकारी दिएका छन्।

यदि मौसमले साथ दिएमा यसै सिरिजको अन्तिममा एक विषेश खेल पनि हुनेछ। त्यसमा १६ खेलाडी हुनेछन् र सबैले ब्याटिङ र बलिङ गर्न पाउनेछन्।

‘विशेष गरी समाजमा लुकेर बसेको अपांगता भएका व्यक्तिहरुलाई बाहिर निकाल्न खेलकुदले सहयोग गर्छ र मनोबल पनि बढाउँछ। हामी पनि सपांग व्यक्तिसरह सबै खेलहरु खेल्न सक्छौं भन्ने सन्देश दिने यो प्रतियोगिताको उद्देश्य हो,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी राष्ट्रका गहना हो चाहे सपांग होस् वा अपांग। राष्ट्रिय झण्डा बोकेर राष्ट्रिय जर्सी लगाएर खेल मैदानमा गएपछि त्यसले देशको प्रतिनिधित्व गर्छ।’

नेपालमा स्ट्यान्डिङ विश्वकप हुने

त्यस्तै, अर्को वर्ष नेपालमा स्ट्यान्डिङ क्रिकेटको विश्वकप आयोजना हुने भएको छ। नेपालमा आयोजना गर्नका लागि आईसीसीले मान्यता दिइसकेको संघका टेक्निकल डाइरेक्टर रविन्द्र गुप्ताले बताएका छन्।

उनले भने, ‘आईसीसीबाट मान्यता पाइसकेका छौं। तर अहिलेसम्म तयारी भएको छैन। सबै ठिकठाक चलिरह्यो भने अर्को वर्ष हामी स्ट्यान्डिङ क्रिकेट विश्वकप गराउँछौं। त्यो विश्वकपमा आठ देशको सहभागिता रहनेछ।’


प्रकाशित: Jun 08, 2022| 18:05 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।