शनिबार, साउन २३, २०८३

बञ्चरेडाँडाबाट काठमाडौं फर्किए फोहोरका डेढ सय ट्रक

स्थानीयको अवरोधपछि बञ्चरेडाँडाबाट फोहोरसहितका डेढ सय ट्रक काठमाडौं फर्काइएको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- स्थानीयको अवरोधपछि बञ्चरेडाँडाबाट फोहोरसहितका डेढ सय ट्रक काठमाडौं फर्काइएको छ। बुधबार विसर्जनका लागि बञ्चरे पुर्‍याइएका ट्रकहरूलाई पुनः काठमाडौं नै फर्काइएको हो। 

स्थानीयहरु आक्रोशित रूपमा प्रस्तुत हुन थालेपछि आफूहरुले फोहोर विसर्जन गर्न नपाएको काठमाडौं  महानगरपालिका वातावरण विभागले जानकारी दिएको छ। 

सुरक्षा बलको प्रयोगले स्थानीयको आक्रोश बढ्न सक्ने भएकाले आफूहरुले सचेततापूर्वक काठमाडौं नै फोहोर फर्काइएको बताए।

बुधबार बिहानैदेखि बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयले अवरोध पुर्‍याएका थिए। स्थानीय विरोध गर्दै सडकमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेको थियो।

अवरोध हटाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास समेत प्रयोग गरेको छ। प्रहरीको टोली काठमाडौंबाटै परिचालन भएको बताइएको छ।

प्रकाशित: Jun 08, 2022| 16:32 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।