बिहीबार, असार ३२, २०८३

राज्यमन्त्री शर्माले गरे अदालतमा आत्मसमर्पण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा जिल्ला अदालत महोत्तरीमा उपस्थित भएर आत्मसमर्पण गरेका छन् । प्रहरीको खोजी सुचिमा रहेका उनले सोमबार बिहान अदालत पुगेर आत्मासमर्पण गरेका हुन् । 

हत्या अभियोगमा प्रहरीले खोजि गरिरेको बेला शर्मालाई प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले राज्यमन्त्री बनाएका थिए ।

राज्यमन्त्री शर्माको जलेश्वरस्थित जिल्ला अदालत महोत्तरीको इजलास १ मा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलले बयान लिइरहेका छन् । जिल्ला अदालतले अभियुक्त बनाएका शर्मालाई प्रहरीले पक्राउ नगरेपछि गतसाता उच्च अदालत जनकपुरले पक्राउ गर्न सरकारलाई आदेश दिएको थियो। 

केही दिन अगाडी उच्च अदालत जनकपुरले प्रदेश २ का राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र ‘शाही’लाई पक्राउ गर्न परमादेश जारी गरेको थियो।

२०७२ भदौमा हत्या गरिएका सशस्त्र प्रहरीका सहाक निरीक्षक थमन विककी पत्नी शोभा गहतराजले दायर गरेको रिटमा सुनुवाई गर्दै माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका मेयर शाहीसहित प्रतिवादीहरुलाई अविलम्ब पक्राउ गर्न आदेश दिएको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।