शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इम्बोस्ड नम्बर प्लेटमा चलखेल भएको भन्दै अख्तियारमा उजुरी

इम्बोस्ड नम्बर प्लेटमा चलखेल भएको भन्दै अख्तियारमा उजुरी

इम्बोस्ड नम्बर प्लेड जडानमा आर्थिक चलखेल भएको भन्दै युवा संघ नेपालले अख्तियार अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– इम्बोस्ड नम्बर प्लेड जडानमा आर्थिक चलखेल भएको भन्दै युवा संघ नेपालले अख्तियार अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवक संगठन ‘युवा संघ नेपाल’ले आर्थिक चलखेलमा इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लाद्न खोजेको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको हो।

संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा संघको टोली टंगालस्थित अख्तियार कार्यालय पुगेर इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग गरेको छ। युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिइएको भन्दै इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपी नराख्नुपर्ने कारण, एक महिनाभित्रै इम्बोस्ड जडान गर्नुपर्ने किन र जनतामाथि अस्वाभाविक महँगी र दबाब किन दिइएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएको छ।

यसअघि मंगलबार युवा संघले यातायात व्यवस्था विभागअगाडि प्रदर्शन गर्दै इम्बोस्ड नम्बरमा प्रधानमन्त्रीको परिवारकै मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएको थियो। इम्बोस्ड नम्बर प्लेटमा सरकारले जबर्जस्ती गरेको भन्दै एमाले केन्द्रीय सदस्यसमेत रहेका युवा संघ अध्यक्ष पौडेलले प्रधानमन्त्री देउवा पत्नी आरजुका भाइ भूषण राणाको सेटिङमा चलखेल भइरहेको आरोप लगाए।

उनले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी काम गर्ने विदेशी कम्पनीको नेपाली एजेन्ट नै भूषण राणा रहेको भन्दै सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन्।

प्रकाशित: Jun 08, 2022| 15:10 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।