बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकी सेनाका जनरल फ्लिन चार दिने नेपाल भ्रमणमा आउँदै

अमेरिकी सेनाका जनरल फ्लिन चार दिने नेपाल भ्रमणमा आउँदै

संयुक्त राज्य अमेरिकाको प्यासिफिक कमान्डिङ जनरल चार्ल्स ए फ्लिन चार दिने भ्रमणका लागि बिहीबार नेपाल आउने भएका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- संयुक्त राज्य अमेरिकाको प्यासिफिक कमान्डिङ जनरल चार्ल्स ए फ्लिन चार दिने भ्रमणका लागि बिहीबार नेपाल आउने भएका छन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणअघि अमेरिकी सेनाका जनरल फ्लिन नेपाल आउन लागेका हुन्। 

National life

उनले नेपाल भ्रमण आउनुअघि मंगलबार भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग पनि द्विपक्षीय रक्षा सहकार्यका विषयमा छलफल गरेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। उनले भारतीय सेना प्रमुखसँगको कुराकानीमा चीनले हिमालय सीमा क्षेत्रमा 'अस्थिरता र जबरजस्ती' व्यवहार देखाएको बताएका थिए। 

नेपाली सेनाका सेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेको नेपाली सेनाको स्रोतले जनाएको छ। जनरल फ्लिन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि नेपाल भ्रमणमा आउन लागेका हुन्।

एमसीसी बहस तीव्र बनेको र एमसीसी पारित भइसकेपछि नेपालमा अमेरिकी उच्चस्तरीय भ्रमण बाक्लिँदै गएको छ। यसअघि जेठ पहिलो साता अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मामिलाका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले नेपाल भ्रमण गरेकी थिइन्। तीन दिने भारत भ्रमण सकेर जियाले जेठ ६-८ सम्म नेपाल भ्रमण गरेकी थिइन्। उनले नेपालमा रहँदा तिब्बती शरणार्थीसँग पनि भेट गरेकी थिइन्।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाउन जुटेको सयमा जियाको उच्चस्तरीय भ्रमण बढ्नु स्वभाविक भएको बताएका छन्।

Shivam cement

यसअघि वैशाखको ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो। वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गरेकी थिइन्। त्यसअघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नु अघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए।

नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अमेरिका भ्रमण गर्ने तयारीमा परराष्ट्र मन्त्रालय जुटेको छ। यस विषयमा प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्री भ्रमणको कुरा भए पनि मिति टुंगो नलागेको बताएको छ। यही असार १२-१८ सम्म प्रधानसेनापति शर्माले अमेरिका भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: Jun 08, 2022| 15:05 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।