शनिबार, साउन २३, २०८३

सिरहा र ललितपुरमा दुई जनाको शव फेला

सिरहा र ललितपुरमा दुई जनाको शव फेला परेको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- सिरहा र ललितपुरमा दुई जनाको शव फेला परेको छ। सिरहाको भगवानपुर गाउँपालिका-१ कल्याणपुरस्थित बलान पुल मुनी खोला किनारमा सोही गाउँपालिका-५ लालपुर बस्ने देवनारायण पण्डितकी ६ महिनाकी छोरी भुल्ली पण्डित मंगलबार मृत फेला परेकी छन्। देवनारायणकी श्रीमतीलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ। 

ललितपुर महानगरपालिका-१५ सातदोबाटो मोतिमार्ग डेरा गरी बस्ने रौतहट गढी गाउँपालिका-५ घर भएका ४३ वर्षीय भाग्यनारायण सहनी आफ्नै कोठामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


प्रकाशित: Jun 08, 2022| 13:22 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।