काठमाडौं- न्युरोडको रञ्जना गल्लीमा एक जना पुरुषको शव फेला परेको छ। बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२४ न्युरोडको रञ्जना सोडा गल्लीमा एक जना पुरूषको शव फेला परेको हो।
बिहान एक जना पुरूष लडेर अचेत अवस्थामा छ भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर पछि प्रहरीको टोली खटिएको थियो।
मृतक काठमाडौं महानगरपालिका-१२ टेकुका ३४ वर्षीय सुरेन महर्जन रहेको प्रहरीले बताएको छ। उनको शव फेला परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेको थियो। शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाएको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।