शनिबार, साउन २३, २०८३

बञ्चरे डाँडामा आज पनि स्थानीयको अवरोध कायमै

बञ्चरे डाँडामा आज पनि स्थानीयको अवरोधका बीच फोहोर विसर्जनको गरिँदै छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- बञ्चरे डाँडामा आज पनि स्थानीयको अवरोधका बीच फोहोर विसर्जनको गरिँदै छ। 

वातावरण महाशाखाकी प्रमुखले फोहोर विसर्जनमा तत्काल अरू ठाउँ विकल्प नभएको भन्दै सुरक्षा बलको सहयोगमा फोहोर विसर्जनलाई निरन्तरता दिने बताएकी छन्। 

मंगलबार स्थानीयको अवरोधमा सुरक्षाबलको प्रयोगबाट झण्डै १ सय ९७ ट्रिपबाट फोहोर विसर्जन गरिएको थियो। आज त्यही परिमाणको हाराहारी फोहोर विसर्जन हुने प्रमुख सरिता राईले बताइन्। 

झण्डै एक साता बढीको अवरोधका कारण काठमाडौंमा संकलन गरिएका ४ हजार मेट्रिक टन फोहोर विसर्जन भइरहेको हो। फोहोर विसर्जनसँगै काठमाडौंका फोहोर संकलनको कामले निरन्तरता पाउने विभागको भनाई छ। 

अवरोध गर्न गठित संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित १७ जनालाई प्रहरीले मंगलबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म प्रहरीको भ्यानमा राखिएको थियो। स्थानीयहरूले माग पुरा नभएसम्म अवरोध कायम राख्ने बताउँदै आएका छन्।

प्रकाशित: Jun 08, 2022| 12:11 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।