शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दार्चुलामा आगो लगाएर एक महिलाको हत्या, दुई जना पक्राउ

दार्चुलामा आगो लगाएर एक महिलाको हत्या, दुई जना पक्राउ

घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

दार्चुला- दार्चुलामा एक महिलाको हत्या गरिएको छ। शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो।

घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। घटनाको कारण भने खुल्न नसकेको उनले बताए।

खडायतको शव गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए। उनका श्रीमानको सात वर्ष अघि मृत्यु भइसकेको छ। खडायतका दुई छोरी र एक छोरा छन्।

घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ। शङ्कास्पद एक जना फरार रहेको बताइएको छ।

घटनाको अनुसन्धान गर्न डिएसपी विष्ट घटनास्थलमा गएका छन्। प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा गएको छ।

प्रकाशित: Jun 08, 2022| 11:58 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।