बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्याद नाघेका खाद्य सामग्री राख्ने सञ्चालकलाई जरिवाना

म्याद नाघेका खाद्य सामग्री राख्ने सञ्चालकलाई जरिवाना

उद्योगबाट उत्पादन गरेको जार र बोतलमा मिति स्पष्ट हुनुपर्ने, पुरानो जार प्रयोग बन्द गर्नुपर्ने, पानीको गुणस्तर निरन्तररूपमा जाँच गर्नुपर्नेलगायत विषयमा सचेत गराइएको कुस्माले बताए।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काभ्रेपलाञ्चोक- जिल्ला बजार अनुगमन समितिले काभ्रेपलाञ्चोकको बनेपाका एक खाद्यान्न पसल सञ्चालकलाई म्याद नाघेको खाद्य सामग्री राखेको पाइएपछि कारबाही गरेको छ। 

National life

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक अमरदीप सुनुवारले उपभोक्ताले गरेको गुनासोका आधारमा अनुगमन गर्दा बनेपा नगरपालिका–७ तरकारी बजार डाँडाका रोहित श्रेष्ठलाई कारबाही गरिएको बताए। 

बजार अनुगमनका क्रममा श्रेष्ठले सञ्चालन गरेको गोल्मादेवी अडर एण्ड सप्लायर्सले म्याद नाघेका सामान राखेको, गोदाममा सरसफाइ नगरेको तथा मूल्यसूचीसमेत नराखी सञ्चालन गरेको पाइएको छ।

 उनलाई रु १० हजार जरिवाना गरिएको छ। सो क्रममा पसलबाट म्याद गुज्रेका चिउरा २२ बोरा, चामल ६ बोरा र मैदा दुई बोरा बरामद गरिएको छ। 

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद कुस्माका अनुसार खाद्यान्न पसल सञ्चालकले मूल्यसूची राख्नुपर्ने, गोदामको सरसफाइ गर्नुपर्ने र म्याद गुज्रेका सामानको व्यवस्थापन गर्नुपर्ने, होटलले सरसफाइमा ध्यान दिनुपर्ने, मूल्यसूची राख्नुपर्ने तथा दर्ता र नवीकरण गर्नुपर्ने विषयमा सचेत गराइएको छ। 

Shivam cement

उद्योगबाट उत्पादन गरेको जार र बोतलमा मिति स्पष्ट हुनुपर्ने, पुरानो जार प्रयोग बन्द गर्नुपर्ने, पानीको गुणस्तर निरन्तररूपमा जाँच गर्नुपर्नेलगायत विषयमा सचेत गराइएको कुस्माले बताए।    -रासस

प्रकाशित: Jun 08, 2022| 11:55 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।