बिहीबार, असार ३२, २०८३

आज अन्तिम साउने सोमबार : शिवालयमा घुइचो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- आज यसवर्षको अन्तिम साउने सोमबार । पशुपतिनाथलगायत देशभरका शिवालयलहरुमा भक्तजनहरुको घुइँचो लागेको छ ।

 बिहान ३ बजेदेखि नै पशुपतिमा खासगरि महिला भक्तजनहरुको घुइँचो लागेको थियो । महिनाभरि बसेको ब्रत समापन गर्ने दिन भएकाले पनि आजको दिनलाई शिवका भक्तहरुले विशेष दिनका रुपमा लिने गर्दछन् । 

साउन महिना भगवान शिवलाई मन पर्ने भएकाले हरेक सोमबार शिवको पुजा आरधना गर्ने गरिन्छ । साउनको सोमबार पुजा आरधना गरेर भगवान शिवलाई खुसी पार्न सके मनोकामना पुरा हुने धार्मिक विश्वास छ । 

साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ । विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहंदी लगाएर भगवान शिवको पुजा आराधना गर्दै ब्रत बस्ने गर्छन् ।

आजदेखि बोलबम यात्रा पनि समाप्त भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।