शनिबार, मंसिर ६, २०८२

एसियन कप छनोटमा आज नेपालले जोर्डनको सामना गर्दै

कुवेतको जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- एसियन कप छनोट खेलअन्तर्गत नेपाली राष्ट्रि फुटबल टिमले आज जोर्डनको सामना गर्दैछ। कुवेतको जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो।

National life

त्यसो त नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल एसियन कपमा छनोट नुहुने बताइसकेका छन्। उनले नेपालले एसियन गेम्समा तयारी हुनेगरि नेपालको खेलस्तर नभएको पनि बताएका छन्।

आज नेपाल र जोर्डनको खेल नेपाली समयअनुसार रातिको १ बजेबाट सुरु हुनेछ। यो पटक भने नेपाली फरवार्ड नवयुग श्रेष्ठले नेपाली टिमलाई लिड गरिरहेका छन्।

नेपाली टिमका नियमित कप्तान किरण कुमार लिम्बू र उपकप्तान रोहित चन्दसहित ११ सिनियर खेलाडीलाई बाहिर राखेर अलमुताइरीले टिम बनाएका छन्। 

उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, 'हामीलाई यो खेलमा दवाव हुने छैन। हाम्रो समूहमा पनि हामी पोट चार को टिम हो। तर पनि हामी उत्कृष्ट नजितका लागि खेल्नेछौं।'

Laxmi sunrise bank
kumari

उनले अहिलेको नेपाली टिमले सन् २०२६ को विश्वाप छनोटका तयारी गरिरहेको पनि बताएका छन्। उनले आफूसँग ११ नयाँ खेलाडी रहेको बताउँदै उनीहरुले लामो समयसम्म खेल्ने जनाएका छन्।

त्यस्तै, राष्ट्रिय टिमको जिम्मेवारी पाएका नवयुगले भने, 'जोर्डन बलियो टिम रहेको बताएका छन्। उनले सबै कुरा प्रदर्शनले नै देखाउनेछ।'

यसअघिका खेलहरुमा नेपालले जोर्डनसँग चारपटक प्रतिस्पर्धा गरेको छ। तर सबै खेलमा नतिजा नेपालको पक्षमा छैन। नेपालले तीन खेल गुमाएको छ भने एक खेलमा बराबरी गरेको छ।

सन् २०११ मा नेपालमै भएको खेलमा नेपालले जोर्डनलाई १-१ को बराबरीममा रोक्न सकेको थियो। विश्वकप छनोटअन्तर्गत नेपालले शनिबार कुवेतको र बुधबार इन्डोनेसियाको सामना गर्नेछ।

प्रकाशित: Jun 08, 2022| 10:40 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।