कञ्चनपुर- भीमदत्त नगरपालिका-१८ मा दुई साइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। साइकल चालक भीमदत्त-१५ का २७ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
गए राति करिब साढे ११ बजे दुई साइकल आपसमा ठोक्किएका थिए। अर्का साइकलयात्रीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।