शनिबार, मंसिर ६, २०८२

बराबरीमा रोकिए इंग्ल्यान्ड र जर्मनी, इटालीको जित

समूह तीन, सी अन्तर्गतको खेलमा जर्मनी र इटालीले बराबरी खेलेका हुन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- यूइएफए नेसन्स लिगअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा इंग्ल्यान्ड र जर्मनीले १-१ को बराबरी खेलेका छन्। समूह तीन, सी अन्तर्गतको खेलमा जर्मनी र इटालीले बराबरी खेलेका हुन्।

National life

जर्मनको एलियन्ज एरिनामा सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्थामा इंग्ल्यान्डका ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। पेनाल्टीमा पाएको अवसरमा केनले गोल गरेका हुन्। 

त्यसअघि खेलको ५०औं मिनेटमा  जर्मनीका जोनस होफमनले गोल गरेका थिए। सोहि समूहअन्तर्गतको अर्को खेलमा चाहिँ इटालीले हंगेरीलाई २-१ ले हराएको छ।

हंगेरीलाई हराउनका लागि पहिलो हाफमै निकोलो ब्यारेला र लोरेन्जो पलेग्रेनीले गोल गरेका थिए। यता, खेलको ६१औं मिनेटमा जियन्लुका मानसिनीले आफ्नै पोस्टमा गोल गरेका थिए।

यो जितसँगै चार अंक बनाएको इटाली समूहको शीर्षस्थानमा छ भने तीन अंक भएको हंगेरी दोस्रो स्थानमा छ। त्यस्तै, दुई अंक भएको जर्मनी तेस्रो स्थानमा रहँदा एक अंकका साथ इंग्ल्यान्ड तालिकाको पुछारमा छ।

Laxmi sunrise bank
kumari

मंगलबार रातिकै खेलमा लक्जम्बर्गले फिरो आइसल्यान्डलाई हराएको छ भने लिथुनियाले टर्कीसँग ६-० को हार बेहोरेको छ। त्यस्तै, रोमानियाले बोसनिया हर्जगोभिनासँग हार बेहोरेको छ।

प्रकाशित: Jun 08, 2022| 09:58 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।