दाङ- दाङको राप्ती गाउँपालिका-३ मसुरियामा एक नवजात शिशुको शव सेप्टिक ट्यांकीभित्र फेला परेको छ।
मसुरियाकी १५ वर्षीया सावित्री नेपालीको १६ दिने शिशुको शव बुधबार बिहान घरपछाडि रहेको सेप्टिक ट्यांकीभित्र फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
मंगलबार राति आमा र शिशुसँगै सुते पनि बिहान छिमेकीले बच्चा नदेखेपछि खोजीनिधी गर्दा सेप्टिक ट्यांकीमा भेटेका थिए। शिशुको शव फेला परेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
शिशुलाई मारेर फालेको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीले शिशुको सावित्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।