शनिबार, साउन २३, २०८३

राजापुरका डीएसपी जिल्लामा तानिए

बर्दियाको मधुवन नगरपालिका-२ ओराली बजारमा वन्यजन्तु पीडितमाथि भएको गोलीकाण्डको विषयमा छानबिन गर्न उनलाई जिल्ला तानिएको हो।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

बर्दिया- इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी सूर्य सुवेदी जिल्ला तानिएका छन्। बर्दियाको मधुवन नगरपालिका-२ ओराली बजारमा वन्यजन्तु पीडितमाथि भएको गोलीकाण्डको विषयमा छानबिन गर्न उनलाई जिल्ला तानिएको हो।

उनको नेतृत्वमा ओराली बजारमा प्रहरी तैनाथ गरिएको थियो। चौतर्फी दबाबपछि डीएसपी सुवेदीलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको छ। 

जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर शाहीले डीएसपी सुवेदीलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालय झिकाएको बताए। 

गृह मन्त्रालले घटनाबारे छानबिन गर्न एउटा टली गठन गरेको छ। उक्त टोली बुधबार बर्दिया आउने एसपी शाहीले बताए। 

यसैबीच तनिदेखि बन्द रहेको गुलरिया राजापुर सडकखण्डमा बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन्। प्रहरीको गोली लागेर सोमबार मधुवन-२ सोनाहा फाटाकी १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको थियो। प्रहरीको गोलीबाट सोही ठाउँका राकेशकुमार चौधरी गम्भीर घाइते भएका थिए।

प्रकाशित: Jun 08, 2022| 08:57 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।