शुक्रबार, मंसिर १२, २०८२

लुम्बिनीको नीति तथा कार्यक्रम आज

आर्थिक बर्ष ०७९/८० का लागि दिउँसो १ बजे बस्ने प्रदेशसभामा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

बुटवल- लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा बुधबार दिउँसो नीति तथा कार्यक्रम ल्याउने भएको छ। आर्थिक बर्ष ०७९/८० का लागि दिउँसो १ बजे बस्ने प्रदेशसभामा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

National life

यसअघि २३ गतेका लागि तय भएपनि प्रदेश प्रमुख शेरचन बिरामी भएकाले २ दिन पछाडि प्रदेशसभा बैठक सारिएको थियो। बुधबार नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथी छलफल सुरु हुनेछ। 

प्रदेश सरकारले असार १ गते बजेट ल्याउने छ। लुम्बिनीमा यो वर्ष बजेटको आकार घटाउने भएको छ। चालु आर्थिक वर्षमा बजेट खर्च गर्न नसकेको तथा आन्तरीक आम्दानी नभएकाले घाटाको बजेट ल्याउने पक्षमा सरकार नरहेको अर्थमन्त्रालयले जनाएको छ। 

लुम्बिनी प्रदेशमा ३७ अर्ब हाराहारीको बजेट आउनेछ। ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/०८० को लागि बजेट ३७ अर्बसम्मको बनाउने तयरी भएको लुम्बिनी प्रदेशका उपाध्यक्ष वामदेव क्षेत्रीले बताए।

प्रकाशित: Jun 08, 2022| 08:45 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।