शनिबार, साउन २३, २०८३

भारतमा निर्मित अवैध कोकाकोला बरामद

भारतमा निर्मित अवैध रुपमा नेपाल भित्राइएको कोकाकोला सुनसरी भन्सार कार्यालयले बरामद गरेको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

सुनसरी- भारतमा निर्मित अवैध रुपमा नेपाल भित्राइएको कोकाकोला सुनसरी भन्सार कार्यालयले बरामद गरेको छ।

लौकही नाका हुँदै अवैध रुपमा चोरी पैठारी भइरहेको भन्ने सूचनाका आधारमा खटिएको भन्सार गस्ती टोलीले को१ख १७९३ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा भोक्राहा–नरसिंह गाउँपालिका-६ स्थित इसराइल कामत भन्ने स्थानबाट कोकाकोला नियन्त्रणमा लिएको हो।

मंगलबार बिहान नियन्त्रणमा लिइएको कोकाकोलाको बजार मूल्य करिब एक लाख रुपैयाँ रहेको सुनसरी भन्सार कार्यालयले जनाएको छ। नियन्त्रणमा लिइएको ढुवानीको साधन र मालवस्तु सम्बन्धमुद्दा दर्ता गरी कारबाही सुरु भएको बताइएको छ।

प्रकाशित: Jun 08, 2022| 08:05 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।