शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • करिब चार करोड नगदसहित चिनियाँ र नेपाली नागरिक पक्राउ

करिब चार करोड नगदसहित चिनियाँ र नेपाली नागरिक पक्राउ

स्रोत नखुलेको करिब पौने चार करोडभन्दा धेरै नगदसहित पाँच जना पक्राउ परेका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- स्रोत नखुलेको करिब पौने चार करोडभन्दा धेरै नगदसहित पाँच जना पक्राउ परेका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँसहित पाँच जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका ८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङसहित चार जना चिनियाँ नागरिकसहित रहेका छन्।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाएर ल्याएको उक्त नगद फेला पारी चालक गुरुङलगायत चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jun 08, 2022| 07:46 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।