शनिबार, साउन २३, २०८३

रुखबाट लडेर पत्रकार पोख्रेलको मृत्यु

गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा पत्रकार रहेको प्रहरीले जनाएको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

रुपन्देही- गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा पत्रकार रहेको प्रहरीले जनाएको छ।

धुर्कोट गाउँपालिका-४ जैसीथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो।

पोखरेल अफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए। उपचारका लागि गुल्मी अस्पतालमा ल्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनी नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेज तथा प्रेस सेन्टर नवलपरासीका अध्यक्ष थिए। भेटघाटका लागि पाँच दिनअघि पोख्रल घर आएका थिए।

प्रकाशित: Jun 08, 2022| 06:32 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।