शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा दिनभर वर्षाको सम्भावना, कस्तो रहला देशभरको मौसम?

काठमाडौंमा दिनभर वर्षाको सम्भावना, कस्तो रहला देशभरको मौसम?

काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो। 

आज दिनभर काठमाडौंमा वर्षाको सम्भावना उच्च रहेको मौसमविद् सजिना शाक्य बताउँछिन्। यद्यपि, केही समय पानी पर्ने क्रम रोकिन पनि सक्ने उनको भनाइ छ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो  प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेशका थोरै स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आजराति प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मौसमविद् शाक्यका अनुसार हाल पूर्वी नेपालमा मात्रै मौसमी वायु सक्रिय रहेको छ। 

मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

प्रकाशित: Jun 08, 2022| 06:19 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।