हेटौंडा- भारी वर्षासँगै गएको पहिरोका कारण हेटौंडा–फाखेल–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ। मकवानपुरको इन्द्रसरोवर-३ स्थित पाथीखोल्चामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
पहिरो बिहान करिब ८ बजेतिर खसेको प्रहरीेले जनाएको छ। सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । पानी परिरहेकाले पहिरो पन्छाउन असहज भएको प्रहरीले बताएको छ।
यस्तै, छोटो मार्ग अन्तर्गतकै हेटौंडा–सिस्नेरी–काठमाडौं मार्ग पनि अवरुद्ध रहेको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४