बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिमा निरन्तर : मन्त्री खड्का

सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिमा निरन्तर : मन्त्री खड्का

उनले विश्वमा शक्ति राष्ट्रहरुको स्थिति र सम्बन्धमा उतारचढाव आउने क्रम जारी रहेको र हालैको रुस–युक्रेनको युद्धका कारण भएको मानवीय र आर्थिक क्षतिबाट बाँकी विश्व प्रभावित भइरहेको स्थितिमा देखिएका साझा चुनौतीको सहकार्यमूलकरूपमा सामना गर्नुको विकल्प नरहेकामा जोड दिए।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रिय स्वार्थमा आधारित संविधानतः सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिप्रति नेपालको निरन्तर प्रतिबद्धता रहने बताएका छन्।

National life

परराष्ट्र मन्त्रालयको आयोजनामा ‘नेपालको परराष्ट्र नीतिः  विगत वर्तमान र भविष्य’ विषयमा मंगलबार पहिलो पटक सञ्चालित ‘प्राध्यापक यदुनाथ खनाल प्रवचन शृङ्खला’मा सम्बोधन गर्दै मन्त्री डा. खड्काले नेपालले छिमेकी र अन्य मुलुकसँग सोही आधारमा मैत्रीपूर्ण र असल सम्बन्ध विकास गर्दै आएको स्पष्ट गरे। 

उनले विश्वमा शक्ति राष्ट्रहरुको स्थिति र सम्बन्धमा उतारचढाव आउने क्रम जारी रहेको र हालैको रुस–युक्रेनको युद्धका कारण भएको मानवीय र आर्थिक क्षतिबाट बाँकी विश्व प्रभावित भइरहेको स्थितिमा देखिएका साझा चुनौतीको सहकार्यमूलकरूपमा सामना गर्नुको विकल्प नरहेकामा जोड दिए।

मन्त्री डा खड्काले जलवायु परिवर्तन, आर्थिक उतारचढाव, जनसङ्ख्या वृद्धि, साइबर सुरक्षाजस्ता क्षेत्रले अबको वैदेशिक नीति र सम्बन्धहरुमा असर पार्ने भएकाले ती पक्षहरुलाई ध्यानमा राखेर वर्तमान सरकारले विकास र समृद्धिको यात्रालाई अघि बढाइरहेको बताउँदै हालै नेपालमा शान्तिपूर्णरूपमा स्थानीय तहको निर्वाचन भई समावेशिताका आधारमा नयाँ जनप्रतिनिधिहरु चुनिनुले विश्वसामु मुलुकको लोकतान्त्रिक छवि कायम भएको जनाए। उनले लोकतन्त्र, शान्तिप्रेमी, मानवअधिकारयुक्त राष्ट्र निर्माणमा विश्व समुदायको निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गरे।

कार्यक्रममा मुख्य प्रस्तोता अन्तर्राष्ट्रिय कानूनका ज्ञाता प्रा सूर्यप्रसाद सुवेदीले नेपालले आफूलाई स्थायी तटस्थ मुलुकको विशिष्ट पहिचानका रूपमा विश्वसामु थप चिनाएर मुलुकले वैदेशिक लगानी र पर्यटन प्रवद्र्धन गर्न सक्नुपर्ने बताए। उनले नेपाल चीन र भारतको एक भरपर्दो पारवहन केन्द्र हुनसक्ने जनाउँदै नेपालले भूपरिवेष्टित मुलुकका लागि व्यापार र पारवहन अधिकारका क्षेत्रमा अग्रणीका रूपमा स्थापिन गर्न सुझाव पनि दिए। 

Shivam cement

अक्सफोर्ड विश्वविद्यालयका भिजिटिङ प्राध्यापक डा सुवेदीले निरन्तरता, स्थिरता र विश्वसनीयताका आधारमा नेपालको परराष्ट्र नीति रहेकाले यसको व्यापकतामा जोड दिँदै शान्ति स्थापनाका क्षेत्रमा नेपालले हासिल गरेको सफलताबाट लाभ लिन सक्नुपर्ने बताए। डा. सुवेदीले अघिल्लो सरकारले सुरु गर्न घोषणा गरेको सगरमाथा संवादजस्ता कार्यक्रमलाई सञ्चालन गरेर नेपालको विशिष्ट पहिचान विश्वसामु थप चिनाउन पनि सुझाव दिए।

पूर्व परराष्ट्रमन्त्रीहरु डा. भेषबहादुर थापा, डा प्रकाशचन्द्र लोहनी, सुजाता कोइराला, प्रदीपकुमार ज्ञवाली, नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागी, कूटनीतिज्ञ, कूटनीतिक नियोगका प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी कार्यक्रममा डा सुवेदीसँग सहभागीले विषयगत प्रश्नोत्तर गरेका थिए। मन्त्रालयका सचिव भरतराज पौड्यालले क्षेत्रगत ज्ञान अभिवृद्धि, विद्यमान नीति र अभ्यासका बारे बहसका लागि यस प्रकारको प्रवचन वर्षमा एक पटक नियमित गरिने जानकारी दिए। 


प्रकाशित: Jun 07, 2022| 22:01 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।