बिहीबार, असार ४, २०८३

सिसडोलबाट एक किलोमिटर टाढाको पानीसमेत प्रदुषित

नास्टका डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको टोलीले सिसडोल वरपरको क्षेत्रबारे अध्ययन गरेको थियो। फोहोरको लिच्चड मिसिएर टाटासम्म फैलिएको अध्ययनको निष्कर्ष छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- काठमाडौंको फोहोर फाल्ने स्थान सिसडोलबाट १ किलोमिटर टाढाको पानी समेत प्रदुषित भएको पाइएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। 

National life

नास्टका डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको टोलीले सिसडोल वरपरको क्षेत्रबारे अध्ययन गरेको थियो। फोहोरको लिच्चड मिसिएर टाटासम्म फैलिएको अध्ययनको निष्कर्ष छ। 

लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थानभन्दा ९२० मिटर परका ३ फरक विन्दुबाट पानीको नमुना संकलन गरी अध्ययन गरिएको थियो। 

यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको नास्टको अध्ययनले देखाएको छ। 

प्रकाशित: Jun 07, 2022| 20:49 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।