शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईजीविरुद्ध मुद्दा हालेका एआईजी पोखरेलसहित ७ जनाको सरुवा (सूचीसहित)

आईजीविरुद्ध मुद्दा हालेका एआईजी पोखरेलसहित ७ जनाको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहविरुद्ध मुद्दा हालेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्‍वराज पोखरेलसहित सात जनाको सरुवा गरिएको छ।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहविरुद्ध मुद्दा हालेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्‍वराज पोखरेलसहित सात जनाको सरुवा गरिएको छ। 

मन्त्रिपरिषद् बैठकले एआईजीद्वय विश्वराज पोखरेल र रवीन्द्र बहादुर धानुकको सरुवा गरेको हो। पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ। त्यसैगरी धानुकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।

यसअघि सरकारले आईजीमा सिंहलाई नियुक्त गरेपछि उक्त निर्णयविरुद्ध पोखरेल सर्वोच्च अदालत पुगेका थिए। उक्त मुद्दा अहिले अदालतमा विचाराधीन रहेको छ। 

एआईजीहरु वसन्तकुमार पन्त, हरि पाल, प्रधुम्‍नकुमार कार्की, निरजबहादुर शाही अनिवार्य अवकाशमा गएका छन्। 


 



 

प्रकाशित: Jun 07, 2022| 20:41 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।