बिहीबार, असार ४, २०८३

चन्दा लिएर तीर्थयात्रा हिँडेकाहरू घर फर्कनै पाएनन्

उनीहरूमध्ये केहीले आमाबुबालाई तीर्थ घुमाउन उधारो लिएका थिए त केहीलाई गाउँलेहरू मिलेर चन्दा उठाएरसमेत तीर्थयात्रामा लगेका थिए।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९
National life
Shivam cement

भोपाल (भारत)- भारतको उत्तरखण्डमा आइतबार राति तीर्थयात्री चढेको बस भीरबाट खसेर २६ जनाको मृत्यु भयो। उनीहरूमध्ये केहीले आमाबुबालाई तीर्थ घुमाउन उधारो लिएका थिए त केहीलाई गाउँलेहरू मिलेर चन्दा उठाएरसमेत तीर्थयात्रामा लगेका थिए। तर जीवनभरको संघर्ष बिर्सेर तीर्थयात्रामा खुसीखुसी निस्किएका उनीहरू घर फर्किनै पाएनन्। 

पन्नाको साटा बुद्धसिंह गाउँका राजेन्द्र सिंहका बुबा राजाराम सिंह, आमा गीता सिंह, काकी जनक सिंह तीर्थयात्रामा गएका थिए। 'सँधै दिनमा एक दुई पटक फोनमा कुरा हुने गर्थ्यो। घटना हुनुभन्दा पहिले ११ बजेतिर कुरा भएको भएको थियो। केदारनाथ जान तयार भएको भन्नुभएको थियो,' दैनिक भाष्करसँग उनले भनेका छन्, 'साँझ ५ बजेतिर जाने बाटो अप्ठेरो छ। खबर सोध्छु सोचेर फोन गरेँ। फोनमा घण्टी बजिरहेको त थियो। तर रिसिभ भएन।’ 

केही समयपछि बुबाको फोन उदयसिंह नाम गरेका व्यक्तिले रिसिभ गरेका थिए। उनले नै आमाबुबा चढेको बस भिरबाट खसेको बताएका थिए। ‘म पनि त्यही बसमा थिएँ। बस भिरबाट खसिरहेको बेलामा रुखमा झुन्डिएर बाँच्न सफल भएँ। भाग्यले बाचेँ। तर खुट्टा फ्याक्चर भएको छ,’ उदयले फोनमा सुनाएको कुरा राजेन्द्रले सम्झिए। दुर्घटनामा बस ५०० फिट तल खसेकाले बढी क्षति भएको थियो। तर उदयले पनि दुर्घटनाको सबै भेउ पाउन सकेनन्। उनले कसरी र कहाँ दुर्घटना भएको बताउन सकेनन्। 

प्रकाशित: Jun 07, 2022| 20:23 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।