बिहीबार, असार ३२, २०८३

देशभर लगातार तीन दिन वर्षा हुने : सतर्क रहन अपिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सोमबारबाट देशभर लगातार तीन दिनसम्म वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सामान्यदेखि पूर्ण बदली रहि तीन दिन लगातार वर्षा हुने भएको हो । 

पूर्वका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै मध्य नेपालका थोरै र पश्चिमका केही स्थानमा पनि भारी वर्षा हुने अनुमान छ । मंगलबार दिउँसो र राती देशभर सामान्य तथा पूर्ण बदली रहि केही स्थानमा हल्का र मध्यम बर्षा हुने उल्लेख छ । बुधबार पनि वर्षा हुने विभागले जनाएको छ । 

विभागले एक सूचना जारी गर्दै दिउँसो पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । यस्तै राति पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक दुई स्थानमा भारी वर्षा हुने संभावना देखिएको सुचनामा उल्लेख छ । भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन पनि विभागले आग्रह गरेको छ।

विभागले पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न आग्रह गरेको छ । बाढीको जोखिम रहेका क्षेत्रहरुमा सतर्कता अपनाउन पनि विभागले अपिल गरेको छ । 

कन्काइ, कमला, बागमती, पूर्व राप्ती, तीनाउ, पश्चिम राप्ती, बबई, मोहना लगायतका नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले ती नदीहरुले सर्तकर्ता तह पार गर्न सक्ने विभागले बताएको छ । विभागका अनुसार प्रदेश १ र २ को लालबकैया, रातु, खाँडो, गागन, सुनसरी, बुढी, बिरिङ, मेची लगायतका नदीमा उच्च जोखिम रहेको छ । प्रदेश ३ र ४ (गण्डकी), प्रदेश ५ र ६ को तराई क्षेत्रमा मध्यम बाढीको जोखिम छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।