काठमाडौं- बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ मा व्यवस्था भएको पुनरावलोकन समितिको रिक्त रहेको सदस्य पदमा काभ्रेकी सम्झना हुमागार्इंको नाम सिफारिस गरेको छ। मंगलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
बैठकले स्थानीय तहबाट कार्यान्वयन भएका आयोजनाका बाँकी दायित्व व्यवस्थापन गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। त्यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश स्वास्थ्य सेवा नियमावली संशोधन, प्रदेश व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी नियमावली संशोधनलगायत निर्णय गरेको छ।