शनिबार, साउन २३, २०८३

कारको डिक्कीमा भेटियो २ बोरा नगद, ५ जना पक्राउ

पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङका साथै ४ जना चिनियाँ नागरिक छन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गामा कारको डिक्कीमा स्रोत नखुलेको २ बोरा नगद भेटिएको छ। नुवाकोटबाट काठमाडौं आउँदै गरेको कार जाँचका क्रममा स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ नगद भेटिएको हो।

ठूलो परिणाममा स्रोत नखुलेको रकम भेटिएपछि प्रहरीले ५ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन्। मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: Jun 07, 2022| 18:33 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।